जनता समाजवादी पार्टी, नेपालले मञ्जु शर्मा (अन्सारी)लाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
बिहीबार ललितपुरको बालकुमारीस्थित केन्द्र्रिय कार्यालयमा बसेको सो पार्टी केन्द्रिय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको सो पदमा अन्सारीलाई नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । अन्सारी सो पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो बरियतामा रहेको थियो ।
निर्वाचन आयोगले सांसद रहमानको निधनपछि जनता समाजवादी पार्टीलाई अर्को सांसद सिफारिस गर्न पत्राचार गरेको थियो ।
बैठकमा नेताहरुले उपराष्ट्रपति निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । सो पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ ।































प्रतिक्रिया