म जित्नेमा ढुक्क छु, तर १० दलले संविधानको मर्ममाथि प्रहार गरे -अष्टलक्ष्मी शाक्य

म जित्नेमा ढुक्क छु, तर १० दलले संविधानको मर्ममाथि प्रहार गरे -अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छन् । 

शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उम्मेदवार शाक्यले यस्तो बताएकी हुन् । उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् । उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न  सकिने उनले बताइन् ।

उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको पनि बताइन् । 

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन् । ‘म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो ।’ उनले भनिन् । 

Logo