प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर प्राप्त प्रतिक्रियामाथि सभामुखको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको’ टिप्पणी गरेका थिए, जसलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएसँगै उनको सचिवालयले खण्डन गरेको हो ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले एक प्रेस नाेट जारी गर्दै सञ्चार क्षेत्रमा अहिले पनि कतिपय विकृति रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिन अनुरोध गरेका छन् ।

पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै बैठकमा सभामुख घिमिरेले भनेका थिए- ‘पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन । अझ अर्को भन्ने हो भने त विक्रीमा छन पत्रकारहरु । अव पत्रकारहरु विक्रीमा छन । संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ ।’





























प्रतिक्रिया