प्रधानमन्त्रीलाई विश्वासको मत कायमै छ, तर माग पूरा भएन -सांसद चौधरी

प्रधानमन्त्रीलाई विश्वासको मत कायमै छ, तर माग पूरा भएन -सांसद चौधरी

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन्। 

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै सांसद चौधरीले भने, “प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौँ तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन ।”

छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले मुलुक राजनीतिक स्थिरताका लागि नभई भागबन्डामा चलिरहेको आरोप लगाए । उनले भने, “अरुलाई स्थीरताको उद्देश्य सिकाएर आफू अस्थिर बन्नेलाई राजनीतिक भागबन्डा भनिन्छ । देशको समस्या राजनीतिक भागबन्डा हो ।” 

उनले जनताको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच नपुगेसम्म देश समृद्ध नहुने स्पष्ट पारे । 

Skip This
Skip This
Logo