प्रधानमन्त्री प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा

प्रधानमन्त्री प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा

केन्द्रबिन्दु
0
Shares

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार नपाएका बताएका छन् । 

मंगलवार ५८औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताएका हुन् । उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताए । 

उनले मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको टिप्पणी गरे । 

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए ।

Logo