आज भैरहवा क्याम्पसको स्ववियु निर्वाचन हुने भएकाे छ । पुर्वनिर्धारित तालिका चैत ५ गते भए पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ ।
स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सिंगो प्यानल सहित चुनाबी प्रतिस्पर्धामा होमिएको छ ।
चैत ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।
सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनाबी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।
यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पाटि निकटको विद्यार्थि संगठन अखिल –क्रान्तिकारीको संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन ।
अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पाटि निकटको विद्यार्थि जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थि युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ भने देवानलाई लोसपा निकटको लोकतान्त्रीक विद्यार्थि संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।
यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनका अजय भन्डारी, नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिस्पर्धा गदै छन् ।
बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थिलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए । वि.सं २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपुर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ।































प्रतिक्रिया