प्रचण्डमा वामपन्थी चेत र चेतना छैन्- एमाले नेता थापा

प्रचण्डमा वामपन्थी चेत र चेतना छैन्- एमाले नेता थापा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले सत्ता गुमेपनि जनताको साथमा आफ्नो पार्टी बलियो रहेको बताएका छन्।

जनताको साथमा रहने पार्टी नेकपा एमाले मात्र रहेको उल्लेख गर्दै उनले एमालेले जनमत र जनताको भरोसा  नगुमाएको  साथै  जनताले बढि माया गर्ने परिस्थिति आएको बताए । को प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री बन्यो, को बनेन भन्ने भन्दा पनि  आस्था र विश्वास ढल्ने कुराले चिन्तित तुल्याएको बताए।

उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सान्दर्भिकता समाप्त भएको र प्रचण्डमा वामपन्थी चेत र चेतना अनि निष्ठा नभएको आरोप लगाए। त्यस्तै थापाले  नेपाली काँग्रेस सँग एमाले सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पारे। 

Logo