जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित -प्रधानमन्त्री प्रचण्ड

जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन् । 

आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहो-याउँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आफूले राष्ट्रिय सहमती र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे । लायन्स क्लव अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संंघ, संस्था र नागरिक अगुवाहरुलाई समेत आग्रह गरे । 

मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढने काममा सरकार लागि परेको उल्लेख गर्दे प्रधानमन्त्री प्रचण्डले त्यस काममा लायन्स जस्ता सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । 

उनले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरुको नेतृत्व विकास गर्नेगरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लवहरुको ध्यानाकर्षण गराए । लायन्स क्लवहरुले सहरमा मात्रै केन्द्रित नभई पछि परेका/पारिएका युवाहरुलाई पनि अघि बढाउने गरी कार्यहरु अघि बढाउनुपर्ने उनको भनाई थियो ।  

प्रधानमन्त्री प्रचण्डले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यता अनुसार सामाजिक संघ, संस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेको समेत बताए । त्यस अवसरमा उनले विपदमा परेका बेला लायन्स क्लवहरुले खेलेको भूमिका प्रसंशनीय रहेको पनि बताए । 

Logo