मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं-मुख्यमन्त्री यादव

मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं-मुख्यमन्त्री यादव


मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएकाे  छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।

‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

Logo