कर्णालीका मुख्यमन्त्री शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिँदै

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छ । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीबाट पनि एमाले बाहिरिने करिब निश्चित जस्तै भएकाे छ।

उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

Logo