मन्त्रीमण्डल विस्तार हुँदै, शीतल निवास पुगे प्रधानमन्त्री

मन्त्रीमण्डल विस्तार हुँदै, शीतल निवास पुगे प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् । 

‘आज चार बजेभित्र शपथ गर्ने तयारी छ । त्यसैका लागि पीएम शीतल निवास जानुभएको हो’, बालुवाटार स्रोतको भनाइ छ ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।  सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो । 

Logo