खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।
शुक्रबार बालुवाटारमा पुगेर मन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् । योसँगै जनमत पार्टीले सरकार छाडेको छ । जनमत पार्टीले भागबण्डामा उद्योग मन्त्रालय मागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि जनमत पार्टीले सरकार छाडेको बुझिएको छ ।
भागबण्डामा उद्योग मन्त्रालय कांग्रेसले पाएको छ ।































प्रतिक्रिया