काे हुन् संकटग्रस्त अर्थतन्त्र सम्हाल्न आएका अर्थमन्त्री डा. महत ?

काे हुन् संकटग्रस्त अर्थतन्त्र सम्हाल्न आएका अर्थमन्त्री डा. महत ?

केन्द्रबिन्दु
0
Shares

आर्थिक संकटकाबीच मुलुकको अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी डा. प्रकाश शरण महतले पाएका छन् । गठबन्धनमा आवद्ध सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका तर्फबाट महत अर्थमन्त्री बनेका हुन् । 

अब संकटग्रस्त अर्थतन्त्रलाई कसरी चलायमान बनाउँछन् भन्ने जिज्ञासा रहेको छ । वि.सं. २०१६ साल कात्तिक १९ गते नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका -२ मा जन्मेका महत पछिल्लो ३ दशकदेखि राजनीतिमा आवद्ध छन् । हुन् त उनी अर्थतन्त्रसम्बन्धी जानकार व्यक्ति पनि हुन् । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलअवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । 

उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका थिए भने नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पनि अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । 

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका महतले ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड’ नामको किताब पनि लेखेका छन् । 

यस्तै, डा. महत पार्टीको एक सच्चा, इमान्दार, अनुशासित छवीका नेता हुन् । त्यसैले पार्टीले उनको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण हेरेर पार्टीले राज्य सञ्चालनका विभिन्न क्षेत्रमा विभिन्न अवसर पनि दिएको छ । महतले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका थिए । उनी २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिकामा लागेका थिए । त्यतिबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५/५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका महत २०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रहेका छन् ।

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा सुरु गरेका महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म संविधान सभा सदस्यको रुपमा काम गरे ।

नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए । उनले २०६१ जेठदेखि माघ १९ सम्म परराष्ट्र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी दिइएको थियो ।

२०६६ देखि २०६७ सम्म उनी उर्जामन्त्री भए । नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । आशा गरौँ उनको नेतृत्वले नेपालको अर्थतन्त्रले सकारात्मक मोड लिने छ ।

Skip This
Skip This
Logo