गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय- सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने

गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय- सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । 

शुक्रवार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताए । 

त्यसैगरी उनले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरेका छन् । सो फाइलपनि निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने उनले जानकारी दिए । 
 
गृहमन्त्री श्रेष्ठले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन दिए । समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताए । आफूलाई कुनैपनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उनको आग्रह थियो । 

Logo