बारा-२ मा जनताबाट अस्वीकृत भएकाहरु नै उम्मेदवार बन्दै

बारा-२ मा जनताबाट अस्वीकृत भएकाहरु नै उम्मेदवार बन्दै

केन्द्रबिन्दु
0
Shares

बारा-२ बाट निर्वाचित रामशहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसंगै रिक्त रहेको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । बैशाख १० गते प्रतिनिधिसभामा रिक्त तिनवटै निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन हुँदैछ ।

त्यसमध्ये सबैभन्दा चर्चामा रहेको निर्वाचन क्षेत्र हो बारा-२ मंसिर ४ को निर्वाचनबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रिपति बनेसंगै यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यतिबेला दलहरुले यस क्षेत्रमा चुनावी प्रतिष्पर्धाका लागि धमाधम उम्मेदवार सिफरिस गरिरहेका छन् । तर, अहिलेसम्म बारा-२ मा चुनावी प्रतिष्पर्धाका लागि सतहमा आएका नामहरु भने गएको विर्वाचनमा केहि समय पहिले मात्रै जनताबाट अस्विकृत भएका थिए। यस क्षेत्रमा अहिलेसम्म जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी लिने तयारी गरेका छन्। 

Logo