मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् । 

आईतवार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरु सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताए । 

सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने उनले स्पष्ट पारे । उनले समस्या समाधानका लागि आयोग बनाउने प्रश्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने बताए । 

पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरुले आफूहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए ।
 
पासवानले आफूहरु भोलि(सोमवार)सम्ममा गाउँ फर्किसक्ने बताए । उनले गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरु स्वयंले गरेको जानकारी दिए । 

Logo