नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् । कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै उनले सो समस्यालाई गम्भिरपूर्वक लिन पनि सरकारलाई सचेत गराए ।
उनले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढि दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भिरतापूर्वक नलिएको भनि सरकारलाई प्रश्न समेत गरे ।
सांसद पौडेलले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरेपनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखवर जस्तै बन्नु दुखद रहेको बताए । उनले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।































प्रतिक्रिया