‘सरकार सय दिनमा गठबन्धन निर्माणमा मात्रै केन्द्रीत’ -नेता यादव

‘सरकार सय दिनमा गठबन्धन निर्माणमा मात्रै केन्द्रीत’ -नेता यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सरकारमा चुनाव अघिको गठबन्धन ब्युँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताए । 

उनले भने, ‘सय दिनभित्रै सत्ता घटक फेरिएको छ । यो आफैँमा अचम्म लाग्दो अनौठो विषय हो । सरकारले यो बीचमा कुनै ठोस काम भन्दापनि गठबन्धन निर्माण गर्नमा बढी केन्द्रित भए । त्यसैले अहिले नै यो सरकारलाई ठ्याक्कै यो यो काम ग-यो भनेर यो आधारमा धारणा निर्माण गर्न त कठिन हुन्छ । यो सरकार चुनावभन्दा अगाडीको गठबन्धन जुन थियो । त्यो गठबन्धन फेरि निर्माण भएको छ । यो सरकार संविधानप्रति प्रतिवद्धता, संविधानमा तलमाथि हुँदैन भन्ने एउटा विश्वास बनेको छ ।’ 

नेता यादवले सरकारले आगामी दिनमा जनताको भावना अनुरुप काम गर्न सक्नुपर्ने बताए ।  

Logo