मन्त्री मोदीले गरे सूर्योदयमा निर्माणाधीन परियोजनाको अनुगमन

मन्त्री मोदीले गरे सूर्योदयमा निर्माणाधीन परियोजनाको अनुगमन

केन्द्रबिन्दु
0
Shares

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले मंगलबार इलामको सूर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको  अनुगमन गरेका छन्  । 

मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (उनिकउ) अन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत कार्यान्वयन भइरहेको परियोजनाको उनले अनुगमन गरेका  हुन् ।

सूर्योदय नगरपालिकास्थित निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकअन्तर्गत् वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भन्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ०८ स्थित मानेडाँडामा निर्माणाधीन सिसाको पुलको अनुगमन गरेका हुन् ।

अनुगमनकै क्रममा मन्त्री मोदीले वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीयसँग अन्तर्क्रिया समेत गरेका थिए । 

Logo