१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छुः रवि लामिछाने

१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छुः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव‌ं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन् । 

चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरेका हुन् । एक सय दिनमा देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने उनको भनाइ छ । 

“दश सिटमात्रै भएको दलको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने गाइँगुइँ चलेको छ,” सभापति लामिछानेले भने, “मैले दश दलीय गठबन्धनका नेताहरुलाई प्रस्ताव गर्न चाहन्छु– हामीलाई १३ वटा मन्त्रालय एक सय दिन चलाउन दिनूस् । देशमा थिति कसरी बसाल्नुपर्छ म गरेर देखाइदिन्छु । देश कस्तो बनाउनुपर्छ म देखाइदिन्छु ।”

Logo