संघीयता पक्षधर शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सांसद दाहालकाे जोड

संघीयता पक्षधर शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सांसद दाहालकाे जोड

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायमै गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतीको बाटोबाटै अघि बढनुपर्ने सांसद दाहालको भनाई थियो । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दावी समेत गरे । 

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु-याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । 

Skip This
Skip This
Logo