रेडक्रसको आन्तरिक विवाद समाधान गर्न सभामुखको आग्रह

रेडक्रसको आन्तरिक विवाद समाधान गर्न सभामुखको आग्रह

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् ।

विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन्।

सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजीकरण गर्ने जानकारी दिए ।

उनले भने,‘विपत्,महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ, तर आन्तरिक विवाद छिटो भन्दा छिटो समाधान हुन आवश्यक छ ।’

 रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरुमा समयमा निर्वाचन नभएको भन्दै अन्तर्राष्ट्रियरुपमा नै ख्याती कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए।  

Logo