सत्तारुढ गठबन्धन सरकारले छ महिनाभित्र नागरिकतासम्बन्धी विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक विशेष समारोहमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
‘कुनैपनि नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउन र नागरिकका अधिकार उपभोग गर्नबाट बञ्चित हुन नपरोस भन्ने कुरा सुनिश्चित गर्ने । सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने । नागरिकता प्राप्तिमा रहेको लैंगीक विभेद अन्त्य गर्ने ।’ सरकारका नीति र कार्यक्रममा उल्लेख छ ।































प्रतिक्रिया