याे न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो -प्रधानमन्त्री प्रचण्ड

याे न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गरेका छन् । 

बिहीवार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले अहिलेको न्यूनतम साझा कार्यक्रममा सअघिको सरकारसँग रहेका दलहरु र अहिलेका सरकारमा रहेका दलहरुकै साझा रुपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गरे । 

उनले न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न निर्देशनसमेत दिए । 

‘यो साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान हुनेछन् । यो विकसित र परिमार्जित भएर आएको छ । अहिले भएका १० दल र पहिलाको सरकारमा भएका पार्टीहरुको पनि दिमाग लागेको छ । त्यसैले भन्ने हो भने यो राष्ट्रिय सहमतिकै साझा न्युनतम कार्यक्रम भन्न सकिन्छ । यो राष्ट्रिय सहमतिको साझा न्युनतम कार्यक्रम हो ।’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरु सबैको रहेको बताए । 

Logo