राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गरेका छन् ।
सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा सांसद ढकालले सो समय मौनधारण गरेर व्यथित गरेका हुन् ।
प्रतिनिधि सभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,…’ भनेर मौन बसे र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गरेका थिए ।































प्रतिक्रिया