जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमख पूर्ण बस्नेतले वर्तमान गठबन्धन संविधानको प्रतिबिम्ब भएको बताएका छन्। सत्ता साझेदार दलहरूको गठबन्धनबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
"गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता लगायतका प्राप्त पछिल्ला राजनीतिक उपलब्धिहरूमा वर्तमान गठबन्धन दल र यी दलका नेताहररूको अहम् भूमिका रहेको छ ।" बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्। कतिपय दलहरू संविधानको विरोध गर्न बनाइएकाे जिकिर गरेका छन्।
"संविधानका मुलभूत विषयहरूमा कुनै सम्झौता नगर्ने दृढता र अठोटले गठबन्धन जन्माएको हो । संविधानको रक्षार्थ गठबन्धन दलहरू एकताबद्ध भएरै रहन्छन्। वर्तमान गठबन्धन संविधानको प्रतिबिम्ब हो ," बस्नेत भने ।





























प्रतिक्रिया