काँग्रेस पदाधिकारीको काम कारबाहीप्रति सहमहामन्त्री आङदेम्बेद्वारा असन्तुष्टि व्यक्त

काँग्रेस पदाधिकारीको काम कारबाहीप्रति सहमहामन्त्री आङदेम्बेद्वारा असन्तुष्टि व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पार्टी पदाधिकारीहरुको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

सहमहामन्त्री आङदेम्बेले १५ औं महाधिवेशनले युवा नेतृत्वलाई प्राथमिकता दिएपनि उनीहरु पनि पार्टीको काममा चुकेको भन्दै सम्हालिएर अघि बढ्न सचेत गराए । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल सांस्कृतिक कलाकर्मी संघको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा पुग्छु भन्नेहरुले म आफू मात्रै जान्ने हुँ भनेर नसोच्न पनि चेतावनी दिए ।

सहमहामन्त्री आङदेम्बेले काँग्रेसलाई दुविधानमा पार्ने काम भईरहेको भन्दै त्यसो नगर्न पनि नेतृत्वलाई सचेत गराए । उनले पार्टीमा योगदान गरेकाहरुलाई सम्मान गर्ने परिपाटीको विकासमा आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

Skip This
Skip This
Logo