सांसदले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ- गृहमन्त्री श्रेष्ठ

सांसदले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ- गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्। अनुसन्धानबाट जे पुष्टि त्यहीअनुसार सरकार अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ। 

सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले २ करोडको कुरा आएको उल्लेख गर्दै आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट त्यसबारे निष्कर्षमा पुगिने बताए। 

‘२ करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौँ। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यहीअनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ मन्त्री श्रेष्ठले भने। 

Skip This
Skip This
Logo