दुई करोड प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदको माग

दुई करोड प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उनले मन्त्री बन्न दुई करोड मागेको विषयमाथि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् । 

एउटा पार्टी विशेषले मात्र कारबाही गरेर मात्र नहुने भन्दै उनले यसमाथि सरकारले नै सत्यतथ्य छानबिन गरेर दोषी पाइए कारबाही गर्नुपर्ने बताइन् । ‘अहिले दुई करोडको कुरा आइरहेको छ । यसमाथि सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भनिन्, ‘एउटा पार्टी विशेषले मात्रै कारबाही गर्ने कुरामात्रै होइन, सरकारले पनि छानबिन गर्नुपर्छ र कारबाही गर्नुपर्छ ।’ 

Logo