उत्तरी सीमानाकाहरु खोल्न सरकारलाई सांसद बडूको ध्यानाकर्षण

उत्तरी सीमानाकाहरु खोल्न सरकारलाई सांसद बडूको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै सांसद बडूले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाई छ ।
 
उनले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए । 

Logo