ओलीले कम्युनिष्ट आन्दोलन विभाजित गरेको माधव नेपालको आरोप

ओलीले कम्युनिष्ट आन्दोलन विभाजित गरेको माधव नेपालको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेको आरोप लगाएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको  कार्यक्रममा अध्यक्ष नेपालले समाजमा देखिएका विकृति हटाउन ओलीलाई सहयोग गर्न तयार हुँदा हुँदै पनि उनले वास्ता नगरेकाले कम्युनिष्ट आन्दोलन नै विभाजित भएको जिकिर गरे । 

उनले भने,‘२०७४ सालमा तत्कालीन नेतृत्वलाई विभिन्न क्षेत्रमा देखिएका विकृति हटाउन अगाडि बढ्नुस्, हामी सहयोग गर्न तयार छौं भनेका थियौं, हाम्रो अनुमति ज्ञान सुझाव पनि लिनुहोस्, यो सबैको आधारमा व्यापक छलफल चलाउनु भन्दा वास्ता गर्नु भएन र समस्या बढ्दै गयो । कम्युनिष्ट आन्दोलन नै विभाजित हुन पुग्यो त्यसैले एउटा नेताले गर्न सक्दा राम्रो गर्न सक्छ र नराम्रो गर्न खोज्दा वर्वाद पनि गर्न सक्छ ।’ 

अध्यक्ष नेपालले समाजवाद र मौलिक हकका विषयवस्तुलाई ध्यानमा राखेर शिक्षालाई उच्च क्षेत्रमा राख्नुपर्नेमा जोड दिए । उनले हरेक युवाहरूलाई प्राविधिक शिक्षा दिएर सिपयुक्त जनशक्ति निमार्ण गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।   

Skip This
Skip This
Logo