बागमती सफा पार्न मन सफा हुनुपर्छ- सहरी विकासमन्त्री गुरुङ

बागमती सफा पार्न मन सफा हुनुपर्छ- सहरी विकासमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन् ।

अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले बागमतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताइन् ।

मन्त्री गुरुङले भनिन्,‘हामीले बागमतीसफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौँदेखि हामी हरेक साता बागमतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौँ, तर अझै सफा भइरहेको छैन,हामीले सधैँ काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन । वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौँ । त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ । जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ ।’

मन्त्री गुरुङले बागमती सभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरेकी छन् ।

Logo