नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सोचे अनुसार काम गर्न बहुमत चाहिने बताएका छन्। अर्को चुनावमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्न पनि उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
अहिलेको सरकारमा काँग्रेस सहभागी भएपनि सोचेअनुसार काम गर्न नसकिएको देउवाको भनाइ छ। ‘हाम्रो पार्टी पनि अहिले सरकारमा छ। यसअघि धेरै वर्ष सरकारको नेतृत्व हामीले गरेको पनि हो। तर सोचेअनुसार काम गर्न बहुमत चाहिन्छ,’मंगलबार नेपाल शिक्षक संघको नवौँ महाधिवेशनमा बोल्दै देउवाले भने।
उनले गठबन्धन गरेर सरकार बनाउनुपर्ने भएकोले पार्टी सरकारमा गएको पनि बताएका थिए। उनले भविष्यमा काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताए।





























प्रतिक्रिया