सत्ता गठबन्धनले एमालेलाई संविधान मान्दैन भन्न मिल्छः महासचिव पोखरेल

सत्ता गठबन्धनले एमालेलाई संविधान मान्दैन भन्न मिल्छः महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन् । 

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गरे । 

उनले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको बताए । उनले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य,मान्यतामाथि प्रहार गरिरहेको बताए । 

महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाए । उनले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने बताए । 

महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली काँग्रेस मात्रै रहेको दाबी गरे । सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको उनकाे दाबी छ । उनले सत्तारुढ दलहरुले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप लगाए । राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको उनले बताए ।

Logo