एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेश समीक्षा आजदेखि सुरु

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेश समीक्षा आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको छ। दुई महिना अघि सुरु भएको अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो।

एमाले केन्द्र पार्टी कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७ तथा सुदूरपश्चिममा १० र ११ गते समीक्षा बैठक हुनेछ।

यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेस प्रदेशमा समीक्षा बैठक हुने छ।  वैशाख १९ र २० गते बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठकको तयारी रहेको छ। एमालेले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिने मिसन ग्रासरुट अभियान चलाएको हो।

Logo