उपनिर्वाचनको सरगर्मीः चुनावी सभा सम्वोधन गर्न सत्ता गठबन्धनका नेतालाई भ्याईनभ्याई

उपनिर्वाचनको सरगर्मीः चुनावी सभा सम्वोधन गर्न सत्ता गठबन्धनका नेतालाई भ्याईनभ्याई

केन्द्रबिन्दु
0
Shares

१० बैशाखमा हुने उपनिर्वाचनको सरगर्मी यतिबेला उत्कर्षमा छ । दलका शिर्ष नेता आफ्ना उम्मेदवार जिताउन दौडधुपमा लागेका छन् । बिशेषरी सत्तारुढ गठवन्धनका शिर्ष नेतालाई यतिबेला चुनावी सभा सम्वोधन गर्न भ्याईनभ्याई छ ।  

सत्तारुढ गठवन्धनबाट बारा–२ का उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चुनाव जित्ने दवाव छ । चुनावी माहोल बनाउन उनले विहीवार बारास्थित महागढीमाईमा आमसभा आयोजना गरेका छन् । 

सभालाई सम्वोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर महागढीमाई पुग्दैछन् ।

त्यस्तै, चितवन–२ मा पनि सत्तरुढ गठवन्धनतर्फका उम्मेदवार जीतनारायण श्रेष्ठले कालिका नगरपालिका–४ पदमुपुरमा दिउँसो ३ बजे आमसभाको आयोजना गरेका छन् । सभलाई सम्वोधन गर्न प्रधानमन्त्री दाहालसहित काँग्रस सभापति देउवा, नेकपा एसका अध्यक्ष नेपाल, 
जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई सहभागि हुँदैछन् । सभालाई सम्वोधन गर्न काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, काँग्रेस नेता शेखर कोइराला पनि सहभागि हुनेछन् । 

चितवन–२ मा काँग्रेसको प्रतिष्पर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले उम्मेदवार रामप्रसाद न्यौपनेसँग हुँदैछ । दुवै पार्टीले आफ्नो चुनावी प्रचारप्रसारलाई व्यापक बनाएका छन् । त्यस्तै, बारा–२ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, एमालेबाट पुरुषोत्तम पौडेल लगायतका उम्मेदवार छन् ।

Logo