तनहुँ- १ मा मतदाता भड्काउने खेल भयोः कांग्रेस उम्मेदवार भट्टराई

तनहुँ- १ मा मतदाता भड्काउने खेल भयोः कांग्रेस उम्मेदवार भट्टराई

केन्द्रबिन्दु
0
Shares

तनहुँ- १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पार्टीमा कुनै विवाद नरहेको र निर्वाचनमा एकढिक्का रहेको दाबी गरेका छन् । 

लामो समयसम्म पार्टीमा निष्कृय रहेका नेता-कार्यकर्ता पनि आफ्नो पक्षमा रहेकाले आफूले चुनाव जित्ने भट्टराईको दाबी छ । केही मिडियाहरु आफूलाई हराउन लागिपरेको भन्दै उनले तनहुँ- १ बाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल विजयी बन्दै गर्दा भोट नखसाउनेहरु पनि अहिले आफ्नो पक्षमा खुलेर लागेको बताए । 

वैशाख १० गते हुने उपनिर्वाचनलाई लिएर सेतोपाटी अनलाइनले लेखेको “तनहुँ १ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने संम्भावना” शीर्षकको लेखप्रति उम्मेदवार भट्टराईको गम्भीर आपत्ति थियो । उनले आचारसंहित उल्लंघन गर्ने सेतोपाटी अनलाइनका प्रधान सम्पादक अमित ढकाल तथा सम्पादकहरु मनोज प्रसन्न र युवराज सुदीपविरुद्ध कानुनी कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् । 

उजुरीमा उनले भनेका छन्, ‘सेतोपाटी अनलाईन पत्रिकाको नामबाट उपनिर्वाचन हुने यस तनहुँ निर्वाचन क्षेत्र नं १ को लागि भनी मिति २०८०-०१-०६ गते “तनहुँ १ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने संम्भावना” शीर्षक राखि मतदातालाई प्रभावमा पार्ने गरी घण्टीवाहक उमेद्वार स्वर्णिमको पक्षमा माहोल बनाउनको लागि निर्वाचनको ४ दिन अगाडि नियोजित पड्यन्त्रका रुपमा मत सर्वेक्षण भनि समाचार प्रकाशन गरेको हुँदा निर्वाचन आचारसंहिता बमोजिम कारबाही गरिपाउँ ।’ उजुरी पत्रमा उल्लेख छ । 

No description available.

मङ्सिर ४ गतेको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ- १ मा उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा सदर ६२ हजार छ सय ९५ मतमध्ये कांग्रेसका पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी नेकपा (एमाले)का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ कांग्रेसले २० हजार एक सय ५८, एमालेले १६ हजार छ सय ८३ र रास्वपाले १२ हजार सात सय ७३ मत प्राप्त गरेका थिए । 

तनहुँ १ मा उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्लेलगायत उम्मेदवार रहेका छन् । यहाँ एक लाख २३ हजार ३०५ मतदाता छन् ।

Logo