सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ । 

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रको फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको हो । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनमा गत चैत २४ गतेदेखि उक्त क्षेत्रको फोहोर उठाउन छाडिएको थियो । संघीय सरकारले आफूहरुसँग कुनै समन्वय नगरेको भन्दै प्रमुख साहले फोहोर नउठाउन निर्देशन दिएपछि संघीय सरकार र महानगरपछि द्वन्द्वको स्थिति सिर्जना भएको थियो । 

Logo