बारा र चितवनमा आजदेखि मतगणना सुरु हुने

बारा र चितवनमा आजदेखि मतगणना सुरु हुने

केन्द्रबिन्दु
0
Shares

उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये बारा- २ र चितवन- २ मा आज (सोमबार) मात्रै मतगणना सुरु हुने भएको छ।

सोमबार बिहान सर्वदलीय बैठक बसेपछि मात्रै ती दुई क्षेत्रमा मतगणना सुरु हुने भएको हो। बारा- २ मा बिहान ६ बजेका लागि सर्वदलिय बैठक बोलाइएको छ। चितवनमा पनि आजै सर्वदलीय बैठक बोलाइएको छ।

ती दुवै क्षेत्रमा मतपेटिका भने आइतबार राति नै संकलन भइसकेको छ। आइतबार राति मतपेटिका संकलन हुन नसकेकाले मात्रै मतगणना कार्य सुरु नभएको हो। उपनिर्वाचन भएको अर्को क्षेत्र तनहुँमा भने मतगगणना जारी छ। 

Logo