नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधानरुपी घरमा नयाँ पुस्ताले तला, कोठा थप गर्दै जानुपर्ने बताएका छन्।
उनले भने, ‘हाम्रो पुस्ताले ठूलो सुझबुझ र त्यागको बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका बलिया पिलर सहितको संविधानरूपी घर संविधान सभामार्फत निर्माण गरेको छ, यसमा नपुगेका तला/कोठा थप्ने र सुशासन/समृद्धिको फर्निसिंङ्ग गर्ने काम नयाँ पुस्ताले गर्दै जानु छ। अतः एकअर्काको सम्मान गरौँ।’
लोकतन्त्र दिवसका अवसरमा आज बिहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ पुस्ताले संविधानरुपी घरमा तला थप गर्दै जानुपर्ने उल्लेख गरेका छन्।





























प्रतिक्रिया