सोचेको भन्दा राम्रो मत पाइरहेको छु -स्वर्णिम वाग्ले

सोचेको भन्दा राम्रो मत पाइरहेको छु -स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

प्रतिनिध सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफूले सोचेको भन्दा राम्रो मत पाइरहेको  बताएका छन् ।  

सोमबार सञ्चारकर्मीसँग बोल्दै उम्मेदवार वाग्लेले भने, ‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ । आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’ 

जारी मतगणनामा निटकतम प्रतिष्पर्धीभन्दा वाग्ले दोब्बर मतले अघि लागेका छन्  । १८ हजार ६ सय ६१ मत गणना हुदाँ रास्वपाका वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन्। त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन्।

Logo