नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।बैठकमा आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल गरिने बताइएको छ ।
आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरूको उपस्थिति रहेको छ ।





























प्रतिक्रिया