नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको गुनासो राखेका छन् ।
सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनतामा वितृष्णा फैलिएको र पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।
आइतबार सम्पन्न भएको चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनकाे मतगणनामा कांग्रेसले साेचेजस्ताे मत पाउन सकेकाे छैन । हाल तीन क्षेत्रमध्ये मतगणनामा जारी रहेकाे तनहुँ -१ मा रास्वपाले कांग्रेसलाई धेरै पछि पारेकाे छ ।
कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठकमा सभापति देउवाले हाल सरकारमा कांग्रेसबाट अर्थमन्त्री रहेको अवस्थामा बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्नेमा जोड दिएका थिए ।
आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित नै संसदीय दलको बैठक बसेको थियो ।





























प्रतिक्रिया