नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले देश र पार्टी हल्लाको भरमा चलिरहेको टिप्पणी गरेका छन् ।
मंगलबार भक्तपुरमा आयोजित कांग्रेस पार्टीका अग्रपंक्तिका नेता जगन्नाथ आचार्यको १००औं जन्म जयन्तीको अवसरमा सांसद थापाले हल्लाको भरमा चलेको पार्टीसंग सचेत हुनुपर्ने तर्क गरेका हुन् ।
उनले भने, ‘हल्लाको भरमा देशमा पार्टी जन्मिँदै छन् । हामी त्यसमा सचेत हुनुपर्छ। पार्टी प्रति इमान्दारिता कम भईरहेको छ । पार्टीको गतिविधि र कार्यविधि कम भईरहको छ ।’ अधिवेशनको मुखमा मात्रै पार्टी सदस्यता नविकरण गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाई छ ।





























प्रतिक्रिया