बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पुनः अग्रता लिएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा अध्यक्ष यादवले एक हजार ८३२ मत पाएका छन् । यादवले सुरुवाती अग्रता लिएपनि त्यसपछि भने जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिएका थिए । तर, पुनः यादव नै अघि लागेका छन् । कुशवाहाले एक हजार ६६१ मत पाएका छन् ।
साथै नेकपा एमालेका पुरुषोत्तम पौडेल ६२९ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २६९ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् ।































प्रतिक्रिया