नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा आज पनि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।
मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।
पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो। आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ ।





























प्रतिक्रिया