रवि लामिछानेको उद्घोषः पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ

रवि लामिछानेको उद्घोषः पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ


चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् । 

मंगलबार चितवनमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् । नेतृत्व सक्षम नभएमा हटाउने भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।

यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । “पाँचवर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्त्वमा सरकार बनाउनेछौँ,” उनले भने, “नेतृत्त्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाइँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला ।”

चितवनका जनताले लगाएको गुन इतिहासले नबिर्सने लामिछानेको भनाइ छ । 

Logo