प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक पेस नहुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति जुट्न नसक्दा संवैधानिक परिषदसम्बन्धी विधेयक पेस नहुने भएको हो।
यसअघि संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा ‘संवैधानकि परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक,२०७९ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा पेस नहुने भएको हो।
संवैधानिक परिषदसम्बन्धी विधेयकको केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । संवैधानिक परिषदमा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्ने कुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएकोमा सच्याउनु पर्ने उनको माग थियो ।





























प्रतिक्रिया