भारतमा उपचाररत काँग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किँदै

भारतमा उपचाररत काँग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किँदै

केन्द्रबिन्दु
0
Shares

भारतमा उपचाररत नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा.भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका डा. भण्डारी निकट काँग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा.भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्न थालेका छन्। नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्।

आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा.भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।

Logo