राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।
धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरू, अन्य पदाधिकारीहरू, सङ्घ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ सङ्गठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको समूह समेत ऐक्यबद्धताका लागि पुगेका थिए।
आज बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको हो।





























प्रतिक्रिया